२०८२ चैत्र २२ | Apr 05, 2026

प्रहरीले बरामद गर्यो १०९ किलो गाँजा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
867 views

ललितपुर – महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।

गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

कार चालक फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया