ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेको छ ।
पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमसँग बताएका छन्, आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता छैन । समानुपातिक सांसदहरुको नाम टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि मात्रै औपचारिक छलफल हुनेछ ।
झाले थपे, अनौपचारिक कुराकानी हुन सक्छ, तर पार्टीको तहमा भावि मन्त्रीपरिषद् सम्बन्धी कुनै निर्णय भएको छैन । सबै प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनमा करिब १० दिन लाग्न सक्छ ।
आफ्नो व्यक्तिगत अवस्था बारे झाले भने, रास्वपाको दोहोरिने सांसद भएकाले केही अपेक्षा स्वाभाविक हुन सक्छ, तर मैले कुनै मन्त्रालयगत दाबी राखेको छैन । अहिले मेरो मुख्य कामना नेताहरुको स्वास्थ्य लाभ छ। मन्त्रालय र जिम्मेवारीको विषय पछि टुंग्याइन्छ ।
साथै उनले चुनावी अभियानको क्रममा आफूलाई भावि सञ्चारमन्त्रीका रुपमा प्रस्तुत गरिएको भए पनि पार्टीको औपचारिक निर्णयपछि मात्रै मन्त्रालयको जिम्मेवारी वितरण हुने बताएका छन् ।

बिजनेस पाटी