सानिमा जिआईसीले ५.२६३२% लाभांश वितरण गर्ने घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
816 views

ललितपुर - ललितपुर – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस निर्णय गरेको हो । बैठक अनुसार:

  • चुक्ता पूँजी: २ अर्ब १५ करोड रुपैयाँ
  • वितरणयोग्य लाभांश
    • ५% बोनस शेयर
    • ०.२६३२% नगद लाभांश (कर तिर्ने गरी)
  • कुल लाभांश दर: ५.२६३२%

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेपछि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube