कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत, अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमा १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई उपलब्ध गराइने छ ।
यसमा ९ लाख १० हजार कित्ता शेयर बझाङ्ग, बैतडी र दार्चुलाका अतिप्रभावित क्षेत्रका स्थायी बासिन्दाहरुलाई र ४ लाख ९० हजार कित्ता शेयर अन्य वडाका स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ ।
सर्वसाधारण लगानीकर्ताको लागि ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आवेदन दिने म्याद:
- आयोजना प्रभावित स्थानिय बासिन्दा: चैत २४ सम्म
- वैदेशिक रोजगारीमा रहेका नेपाली: चैत १५ देखि चैत २४ सम्म
शेयर आवेदनका लागि सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । स्थानिय बासिन्दाले संबन्धित बैंक शाखा तथा आयोजनस्थल कार्यालय मार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी-आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया