भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र ९
|
561 views

ललितपुर - भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनाबाट जग्गा नापजाँच गर्न प्राविधिक टोली खटिएको अध्यक्ष खनालले बताउनुभयो । सो कार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गरेको छ । यसअघि जिल्ला भूमि आयोग खारेज गर्ने सरकारको निर्णयका कारण काम अवरुद्ध भएको थियो । तर, सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएसँगै आयोगले पुनः काम अगाडि बढाएको हो ।

सोमबार नेपालगन्ज–२१ पुरैनामा आयोजित कार्यक्रममा नापजाँच कार्यको शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । ‘लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन समस्या अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौँ’, उहाँले भन्नुभयो, ‘सरकार परिवर्तन भए पनि यो अभियानलाई पूर्णता दिने काममा उपमहानगरपालिका प्रतिबद्ध छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो