२०८२ चैत्र १५ | Mar 29, 2026

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ११
|
612 views

मकवानपुर कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया