२०८२ चैत्र १५ | Mar 29, 2026

सुशासन र पुनर्संरचना सरकारको एजेन्डा : डा. वाग्ले

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १२
|
663 views

काराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताउनुभएको छ ।

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित हुनुभएका उहाँले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राख्नुभयो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया