२०८२ चैत्र १५ | Mar 29, 2026

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र लाई पूर्वप्रधानमन्त्री कार्कीको बधाई

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
714 views

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई विभिन्न नेताहरूले बधाई र शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले शाहलाई बधाई दिँदै सफल नेतृत्वको कामना गरेकी छिन् । उनले संदेशमा भनेकी छिन्, ३३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ । जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् । अपार शुभकामना ।

त्यसैगरी, अन्य नेताहरू पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र रास्वपाका सभापति रवि लामिछानेले पनि बधाई दिएका छन् ।

साथै, सामाजिक सञ्जालमा समेत धेरैले प्रधानमन्त्री शाहलाई नयाँ उर्जासाथ अघि बढ्ने अवसरको शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया