२०८२ चैत्र १५ | Mar 29, 2026

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
561 views

मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर)ले शुक्रबार चेतावनी दिएको छ ।

‘लेबनानमा मार्च २ यता १० लाखभन्दा बढी मानिस अर्थात् हरेक पाँचमध्ये एक जना मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्,’ युएनएचसिआरले जनाएको छ ।

‘स्थिति अत्यन्त चिन्ताजनक छ र मानवीय विपत्तिको जोखिम छ । यो लेबनानको यथार्थ हो ।’ लेबनानका लागि युएनएचसिआरका प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले बेरुतबाट जेनेभामा रहेका पत्रकारहरूसँग भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया