२०८२ चैत्र १५ | Mar 29, 2026

रमेश लेखकलाई अदालत लगिँदै, सुनुवाइ आज

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
204 views

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (आज) काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।

दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो ।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया