|
|
२०८२ चैत्र १५
306 views
नेपाल राष्ट्र बैंकले बजारमा बढेको तरलता व्यवस्थापन गर्न आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम २१ दिनका लागि संकलन गरिनेछ ।
बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिनेछ । ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत तय हुने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया