२०८२ चैत्र १५ | Mar 29, 2026

काठमाडौंमा एमालेको विरोध प्रदर्शन आज पनि जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
408 views

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शन सुरु गरेका हुन् । एमालेका जनवर्गीय सङ्गठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

उनीहरू ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

एमालेका कार्यकर्ताहरूले शनिवारदेखि नै प्रदर्शन थालेका थिए । शनिवार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया