२०८२ चैत्र १५ | Mar 29, 2026

देउवा, ओली, प्रचण्डको सम्पत्ति जाँच प्रक्रिया शुरू

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
204 views

देशका शीर्ष तहका नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ । प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसहित दुई पूर्वमन्त्री र उनीहरूको परिवारको सम्पत्ति तथा आम्दानीको स्रोतबारे छानबिन अघि बढाइएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले चल–अचल सम्पत्ति, आयस्रोत र आर्थिक गतिविधिको विवरण संकलन गर्न थालेको जनाएको छ ।

यसै क्रममा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् । उनलाई अनुसन्धानकै सिलसिलामा सीआईबीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रारम्भिक चरणमै शंका देखिएका कारण उच्च तहसम्म अनुसन्धान विस्तार गरिएको जनाएको छ ।

यो घटनाले देशको राजनीतिक वृत्तमा ठूलो तरंग ल्याउने संकेत देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया