२०८२ चैत्र १५ | Mar 29, 2026

साताको पहिलो दिनमै नेप्से ७१ अंकले घट्यो, १५ अर्बको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
153 views

गत साता उल्लेख्य सुधार देखिएको बजार यस साताको सुरुवातमा २.४० प्रतिशतले ओरालो लागेको छ। आइतबारको कारोबारपछि नेप्से परिसूचक २८७९.११ विन्दुमा खुम्चिएको छ । परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा झरेको छ ।

बजार उच्च अंकले घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ । आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर कुल १ लाख ९६ हजार १५८ पटक खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा रहेका सबै १३ वटै उपसूचकहरू राताम्मे देखिएका छन्, अर्थात् सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ । कुल २५६ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ९ कम्पनीको मूल्य मात्र बढेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा समग्र गिरावट आए पनि ६ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरूले यी निश्चित कम्पनीहरूमा भने उच्च आकर्षण देखाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा आजको गिरावटलाई प्राविधिक सच्याइ (करेक्सन) का रूपमा पनि कतिपय विश्लेषकहरूले लिएका छन् ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन बजार सकारात्मक हुने अपेक्षा गरिए पनि लगानीकर्ताको मनोबलमा केही ह्रास आउँदा नेप्से ७१.०५ अंकले घटेर बन्द भएको हो ।

गत साता उल्लेख्य सुधार देखिएको बजार यस साताको सुरुवातमा २.४० प्रतिशतले ओरालो लागेको छ। आइतबारको कारोबारपछि नेप्से परिसूचक २८७९.११ विन्दुमा खुम्चिएको छ । परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा झरेको छ ।

बजार उच्च अंकले घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ । आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर कुल १ लाख ९६ हजार १५८ पटक खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा रहेका सबै १३ वटै उपसूचकहरू राताम्मे देखिएका छन्, अर्थात् सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ । कुल २५६ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ९ कम्पनीको मूल्य मात्र बढेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा समग्र गिरावट आए पनि ६ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरूले यी निश्चित कम्पनीहरूमा भने उच्च आकर्षण देखाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा आजको गिरावटलाई प्राविधिक सच्याइ (करेक्सन) का रूपमा पनि कतिपय विश्लेषकहरूले लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया