|
|
२०८२ चैत्र १५
204 views
इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिनुभयो । अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उहाँले बताउनुभयो ।
घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया