२०८२ चैत्र १६ | Mar 30, 2026

मन्त्रिपरिषद् बैठक आज बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
357 views

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

शुक्रबार नयाँ सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । यसअघि सरकार गठनकै दिन पहिलो बैठक बसेको थियो ।

पहिलो दिनको बैठकले गत भदौ २३ र २४ गते भएको जीनजी आन्दोलन घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ ।

यस्तै पहिलो दिनको बैठकले एक सय बुँदे कार्यसूची पारित गरेको थियो । आजको बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया