२०८२ चैत्र १६ | Mar 30, 2026

मेची राजमार्गमा पुनः पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
204 views

पहिरो पन्छाएर रातिदेखि एकतर्फी सञ्चालनमा आएको मेची राजमार्ग आज बिहान पुनः पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहानै खसेको पहिरोका कारण यातायात सेवा प्रभावित बनेको छ ।

यसअघि साँझ खसेको सुक्खा पहिरो हटाएर राति १०:५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था थप जटिल बनेको जनाइएको छ ।

इलामको रोङ गाउँपालिका–४ बागखोर क्षेत्रमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सो क्रममा इलामबाट झापातर्फ जाँदै गरेको ट्रक समेत पुरिएको प्रहरीले जनाएको छ ।

हाल अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया