२०८२ चैत्र १६ | Mar 30, 2026

सरकारद्वारा वैदेशिक रोजगारी स्वीकृतिमा नयाँ सुधार, टोकन प्रणाली समाप्त

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
306 views

सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा टोकन प्रणाली समाप्त गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्र स्वीकृति मिल्ने व्यवस्था थियो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा निर्णय गरि, आवेदन प्रक्रिया सहज र छिटो बनाउने योजना तय भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, पूर्वप्रस्थान अभिमूखीकरण तालिम डिजिटल माध्यममार्फत उपलब्ध गराइने, तालिम पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित हुने व्यवस्था हुने छ ।

बैठकले सामाजिक सुरक्षा कोषमा सबै श्रमिक आवद्ध गर्ने अभियान, न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन, श्रमाधान कल सेन्टरको प्रभावकारिता वृद्धि, उद्योगमा जोखिम मूल्याङ्कन, उत्पादन र उद्यमशीलता प्रवर्द्धन, र पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय पनि गरेको छ ।

साथै, वैदेशिक रोजगारीमा नेपालीको सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य सुरक्षा, न्यूनतम मापदण्ड निर्माण, सीप विकास तालिम र रोजगार प्रवर्द्धन सम्बन्धी योजना पनि छलफलमा परेको छ ।

मन्त्रालयले सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्यमा सीप मेला सञ्चालन, आन्तरिक रोजगारी प्रवर्द्धन, सेवाग्राहीमैत्री सेवा प्रवाह, र वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रणमा प्रभावकारी कदम चाल्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया