२०८२ चैत्र १६ | Mar 30, 2026

ओली पक्राउविरुद्ध एमालेको माइतीघर–बबरमहल प्रदर्शन जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
204 views

नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो।

एमालेका नेता र कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन्। यसअघि पार्टी सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता र कार्यकर्तालाई अपिल गरेका थिए।

बस्नेतले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाउँदै विरोध प्रदर्शनलाई औचित्यपूर्ण ठहर गरेका छन्। एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ।

अध्यक्ष ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएका घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा गत शनिबार प्रहरीले उनलाई पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया