२०८२ चैत्र १८ | Apr 01, 2026

संसदीय दलको नेता छान्न एमालेमा मतदान प्रक्रिया शुरू

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
357 views

नेकपा (एमाले) संसदीय दलको नेता चयन गर्न चुनावी प्रक्रिया सुरु गरिएको छ । आजै अपराह्न ४ बजे उम्मेदवारी दर्ता र आजै मतदान हुने भएको छ ।

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ र सुहाङ नेम्वाङले दाबी गरेका छन्। सहमति जुट्न नसकेपछि मतदानबाटै दलको नेता चुनिन लागेको हो ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा आजै मध्याह्न सांसद बादलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा सर्वसम्मतबाट नेता चयन गर्ने प्रयास भएको थियो । तर, नेम्वाङले नमानेपछि चुनाव प्रक्रियामा गएको सांसद ऐनबहादुर महरले जानकारी दिए ।

संसदीय दलको नेता चयन गर्न एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको छ। समिति चुनावी प्रक्रिया सुरु गरेको हो ।

प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया