२०८२ चैत्र १९ | Apr 02, 2026

एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
204 views

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताउनुभएको छ ।

आज मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी उहाँले आफ्ना कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । जस अन्तर्गत केही समयमै जनकपुरबाट सीप मेला सुरुवात गरेर एक वर्षभित्र सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिनुभएको हो । मन्त्री साहका अनुसार दक्ष जनशक्तिले नै मुलुकको समृद्धिमा टेवा पुग्ने हुँदा स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको लक्ष्य छ ।

‘दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ, मेला सम्पन्न गर्न मन्त्रालयसँग स्रोत पर्याप्त छैन’, उहाँले भन्नुभयो, ‘यद्यपि सिएसआर मोडलमा जाने छौँ । प्राइभेट कम्पनी जोसँग सिएसआर फन्ड छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने छौँ ।’

त्यसैगरी मन्त्रालयले हालै पाँच वटा देशसँग श्रम सम्झौता थप गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले श्रमिकले सुरक्षित र व्यवस्थित कार्यस्थल पाए नपाएको बारेमा मन्त्रालयले अनुगमन गर्ने र श्रमशोषण देखिएमा कारबाहीको दायरामा ल्याउनेसमेत बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया