२०८२ चैत्र १९ | Apr 02, 2026

राजस्व चुहावट नियन्त्रणबारे अर्थमन्त्री डा. वाग्ले र गृहमन्त्री गुरुङ सहितको उच्चस्तरीय बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
204 views

सरकारले राजस्व चुहावट नियन्त्रणका लागि आज उच्चस्तरीय बैठक आयोजना गरेको छ । अर्थ मन्त्रालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकको अध्यक्षता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्ने छन् ।

बैठकमा गृहमन्त्री सुधन गुरुङसहित सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ । त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू तथा राजस्व प्रशासनसँग सम्बन्धित अधिकारीहरू पनि सहभागी हुने छन् ।

छलफलमा राजस्व छली र चोरी पैठारी नियन्त्रणका उपाय तथा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित रहने बताइएको छ ।

पछिल्लो समय सीमा नाकाबाट हुने अवैध आयात र आन्तरिक राजस्व छली नियन्त्रणका लागि निकायबीच समन्वय बलियो बनाउने उद्देश्य राखिएको छ । मन्त्रालयका अनुसार बैठक करिब एक घण्टासम्म चल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया