२०८२ चैत्र २० | Apr 03, 2026

ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २०
|
255 views

मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सहरूले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीहरूले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन्

फेब्रुअरी अन्त्यतिर इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान क्षेत्रमा इन्धन लागतमा तीव्र वृद्धि भएको छ । यससँगै इरानले विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज प्रभावित पार्दा स्थिति थप जटिल बनेको छ ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार आयातमा निर्भर देशका प्रमुख एयरलाइन्सहरूले पनि अधिभार बढाउने सम्भावना रहेको जनाइएको छ । जापान एयरलाइन्स (जेएएल) का अध्यक्ष मित्सुको तोट्टोरीले उपभोक्तामाथि अतिरिक्त शुल्क लगाउनुपर्ने अवस्था आउन सक्ने सङ्केत गर्नुभएको छ ।

जेएएल र प्रतिद्वन्द्वी एएनएका अधिकारीहरूले भने आफ्ना कम्पनीहरूले हालसम्म इन्धन अधिभार बढाउने निर्णय नगरेको स्पष्ट पारेका छन् । तर जुन महिनादेखि लागू हुने शुल्क निर्धारण गर्दा फेब्रुअरी र मार्च महिनामा इन्धन मूल्यमा भएको उतारचढावलाई आधार बनाइने उनीहरूको भनाइ छ ।

तोट्टोरीले लागत नियन्त्रणका आन्तरिक प्रयासपछि पनि उपभोक्तामाथि केही भार थपिन सक्ने बताउनुभयो । उहाँका अनुसार यदि इन्धन मूल्य हालकै दरमा बढिरहेमा कम्पनीले प्रत्येक महिना करिब ३० अर्ब येन बराबरको अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।

तेलको मूल्यमा आएको वृद्धिले मध्यपूर्वबाट इन्धन आयातमा निर्भर एसियाली अर्थतन्त्रहरूमा व्यापक दबाब सिर्जना गरेको छ । यसअघि नै चीन, हङकङ र ताइवानका केही एयरलाइन्सहरूले इन्धन अधिभार बढाइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया