|
|
२०८२ चैत्र २०
255 views
प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भए पनि उपसभामुखबारे निर्णय हुन बाँकी रहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने भएकाले उपसभामुख कसलाई दिने भन्ने विषय चासोको केन्द्र बनेको छ । रास्वपाका सभापति रवि लामिछानेले उपसभामुखबारे हालसम्म कुनै छलफल वा वार्ता नभएको बताएका छन् ।
यसबीच नेपाली कांग्रेस र नेकपाले उपसभामुखमा दाबी गर्ने संकेत गरेका छन् भने अन्य दलहरू पनि सम्भावनामा छन् कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रमुख प्रतिपक्षको हैसियतले आफ्नो दाबी स्वाभाविक भएको बताएका छन् ।
रास्वपाले भने संवैधानिक परिषद्को शक्ति सन्तुलनलाई ध्यानमा राख्दै उपसभामुख चयन गर्ने तयारी गरिरहेको जनाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया