पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै व्यवसायीले सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा तत्काल वृद्धि नगरे देशभर यातायात ठप्प पार्ने वा आफैं भाडादर घोषणा गर्ने निर्णय गरेको जनाएको छ ।
महासंघका अनुसार डिजेल र पेट्रोलको मूल्य छोटो समयमै तीन पटक बढ्दा पनि भाडा समायोजन नगरेकोले व्यवसायीहरू मारमा परेका छन्।
विज्ञप्तिमा यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा ८.८१ देखि १४.२९ प्रतिशतसम्म भाडा वृद्धि सिफारिस भइसके पनि कार्यान्वयन नभएको उल्लेख छ ।
महासंघले २०७२ सालदेखि वैज्ञानिक आधारमा भाडा समायोजन नभएको र दैनिक घाटामा सेवा सञ्चालन गर्नुपरेको गुनासो गरेको छ ।
सरकारले निर्णय नगरे स्वतःस्फूर्त रूपमा भाडा वृद्धि गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार राज्य नै हुने चेतावनी दिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया