२०८२ चैत्र २१ | Apr 04, 2026

वैदेशिक रोजगारमा ठगी गर्नेहरूको विवरण सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २०
|
1.6k views

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । यो कदम नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले उठाएको हो ।

सूची अनुसार, २०८२ फागुन १७ देखि २०८२ चैत १७ सम्मको एक महिनाभरमा ३४६ भन्दा बढी व्यक्तिहरूले ठगी गरेको उजुरी परेको पाइएको छ । यस सूचीमा समावेश विवरणमा ठगी गर्नेहरूको नाम, ठेगाना र विगो रकम उल्लेख गरिएको छ ।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा दर्ता भएका व्यक्तिगत ठगी तथा वैदेशिक रोजगार सम्बन्धी कसूरमा जाहेरी परेका प्रतिवादीहरूको विवरण सार्वजनिक गरिएको हो । अहिले विभागले निर्णय गरेको छ कि अवदेखि हरेक ३/३ दिनमा दर्ता भएका नयाँ मुद्दाको विवरण वेबसाइटमार्फत अपडेट गरिनेछ, जसबाट आम जनतालाई ठगी गर्ने व्यक्तिहरूको वास्तविक जानकारी सहजै उपलब्ध हुनेछ।

यो कदमले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र पारदर्शिता बढाउने उद्देश्य राखेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया