|
|
२०८२ चैत्र २१
9.3k views
ललितपुर - बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
अग्नी नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो ।
दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो ।
अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् । समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया