अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
306 views

ललितपुर - आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ५६ दिनको निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ १७ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो