प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
255 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार (चैत २२) बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनको निर्विरोध चयन भएको घोषणा गरेका हुन् ।

सभामुख चयनअघि रास्वपा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए भने स्वर्णिम वाग्ले र सोविता गौतमले समर्थन जनाएका थिए। अन्य कुनै उम्मेदवारी नपरेपछि अर्याल स्वतः निर्विरोध चयन भएका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–९ बाट निर्वाचित अर्यालले पार्टीमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरिसकेका छन्। सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका समयमा उनले पार्टीको जिम्मेवारी सम्हालेका थिए ।

राजनीतिक यात्रामा उनी २०७९ सालमा समानुपातिक सांसद बनेका थिए। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रूपमा पनि उनले काम गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो