सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सुलभ अग्रवालको पक्राउ

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
153 views

ललितपुर - शंकर ग्रुपसँग सम्बन्धित व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।

‘बयानका लागि बोलाएका थियौं, उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले जानकारी दिएका छन् । विभागका अनुसार अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ । प्रहरीका अनुसार उनलाई शुक्रबार राति नै पक्राउ गरिएको हो ।

अग्रवाल यसअघि २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए । त्यसबेला भने उनलाई विभागले तारेखमा रिहा गरेको थियो ।

यसअघि नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परिसकेका छन् । व्यापारी दीपक भट्ट पक्राउ परेपछि विभागले उनीसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि अनुसन्धान तीव्र बनाएको हो ।

नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा चिनिने शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल मुख्य कम्पनीका रूपमा रहेको छ । यस समूहले स्टिलसँगै सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो