|
|
२०८२ चैत्र २४
255 views
ललितपुर - अफगानिस्तानमा युद्ध अपराध गरेको को आरोपमा पूर्व अष्ट्रेलियाली सैनिक पक्राउ परेको जनाइएको छ । अस्ट्रेलियन प्रहरी (एएफपी) ले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाली रक्षा बलका पूर्व सदस्यलाई सिड्नी एयरपोर्टमा पक्राउ गरिएको जनाएको छ ।
आरोपितलाई हत्या युद्ध अपराधलगायत पाँच वटा अभियोग लाग्ने जनाइएको छ । स्थानीय मिडियाले पक्राउ परेका बेन रोबट्र्स–स्मिथ पूर्व विशेष बलका सिपाही रहेको पुष्टि गर्दै उनलाई सन् २०११ मा अफगानिस्तानमा शाहासीक कार्यकाका लागि अस्ट्रेलियाली सम्मान प्रणालीमा सर्वोच्च पुरस्कार अस्ट्रेलियाका लागि भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।
एएफपीका अनुसार सन् २००९ देखि २०१२ को बिचमा अफगानिस्तानमा पाँचजनाको हत्या भएको छ । दोषी ठहर भएमा आरोपीले अधिकतम आजीवन कारावासको सजाय भोग्नुपर्ने जनाइएको छ ।

बिजनेस पाटी














