|
|
२०८२ चैत्र २४
357 views
ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

बिजनेस पाटी
















