नेप्से ४५ अंकले उकालो, २८०२ बिन्दुमा पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २५
|
102 views

ललितपुर - साताको कारोबारको चौथो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार एसवाई प्यानल नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ८१ लाख ८२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपरखुदी हाइड्रोपावर, रिड्ज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, आज स्वेत गंगा हाइड्रोपावर एण्ड कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ ।

कुल ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube