|
|
२०८२ चैत्र २५
204 views
ललितपुर - कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् ।
कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् । अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिजनेस पाटी











