ऊर्जाको अभावमा बङ्गलादेशका विद्यालयमा आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गरिने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २६
|
510 views

ललितपुर - बङ्गलादेशले मध्यपूर्व युद्धले निम्त्याएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न अर्को हप्तादेखि परीक्षणका लागि तीन दिन ‘भर्चुअल’ र तीन दिन भौतिक उपस्थिति रहने एक मिश्रित शिक्षण प्रणाली सुरू गर्ने भएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले आफ्नो आवश्यकताको ९५ प्रतिशत तेल र ग्यास आयात गर्दछ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । मध्यपूर्वमा हप्तौँको द्वन्द्वपछि आपूर्ति श्रृङ्खला अवरूद्ध गरिएको छ ।

शिक्षामन्त्री एएनएम एहसानुल हक मिलोनले भन्नुभयो, विद्यालयले हप्तामा ५० प्रतिशत कक्षा अनलाइन शिक्षणमा बदल्दा ऊर्जा बचत गर्न मद्दत पुग्नेछ । यस पहिले कोभिड कालमा संस्थाहरूले अनलाइन तथा भर्चुअल शिक्षण विधिलाई अभ्यासमा ल्याएका र यो क्षमता अहिले पनि रहेको उहाँले बताउनुभयो ।

प्रस्तावित तालिका अनुसार, कक्षाहरू शनिबार, सोमबार र बुधबार भौतिक रूपमा र आइतबार, मङ्गलबार र बिहीबार भर्चुअल कक्षाहरू सञ्चालन हुनेछन्, शिक्षामन्त्री मिलोनले बिहीबार ढाकामा पत्रकारहरूसँग भन्नुभयो । यो मिश्रित शिक्षण प्रणाली हो, मिलोनले थप्नुभयो ।

भर्चुअल कक्षाहरू सञ्चालन गर्ने विद्यालयहरूमा प्रतिष्ठित र पर्याप्त विद्यार्थीहरूले अध्ययन गर्ने प्रायः सवारी साधनबाट विद्यालय आउने संस्थाहरूमा मात्र यो प्रणाली लागु गरिने छ ।

उनले विद्यालयका लागि विद्युतीय बस आयात गर्दा पनि सरकारले करमुक्त गरेको बताउनुभयो ।

सरकारले इन्धन खपत रोक्न धेरै उपायहरू अपनाइसकेको छ । यसका लागि इन्धन खरिदमा सीमा तोक्ने र सरकारी कर्मचारीहरूलाई बत्ती कम खपत गर्ने विद्युत् बचाउन कार्यालयहरूमा एयर कन्डिसन बन्द गर्न आदेश दिएको छ ।

‘मध्यपूर्वमा लामो समयदेखिको द्वन्द्वले उच्च मुद्रास्फीति, बढ्दो ऊर्जा अनुदानका कारण वित्तीय स्थान घट्नु, उच्च आयात लागत हुनु, कमजोर निर्यात र कम विप्रेषणका कारण चालू खाता कमजोर हुने जस्ता बङ्गलादेशमा ठूलो असर पार्न सक्छ’ विश्व बैङ्कले बुधबार चेतावनी दिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube