|
|
२०८३ बैशाख ३
1.2k views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो । त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।
संसदीय गतिविधिलाई प्रभावकारी बनाउन र पार्टीको धारणा संसदमा सशक्त रूपमा प्रस्तुत गर्न रास्वपाले नयाँ जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।



बिजनेस पाटी