ललितपुर - सेयरबजारमा आज ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ३० लाख कित्ता किनबेचपछि उक्त परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कुनै एउटा सेयर ३७ करोडसम्मको कारोबार भएको छ। मंगलबार सोलु हाइड्रोपावरको ३७ करोडको कारोबार भएको हो। योभन्दा बढी कुनै पनि सेयर कारोबार भएनन् । कुल कारोबारमा रिलायन्स स्पिनिङ मिल्सको ३० करोड, नेशनल हाइड्रो २३ करोड, होटल फरेस्ट इन २२ करोड र एसवाई प्यानलको १८ करोडको योगदान रह्यो ।
यस दिन ४८ वटा सेयर मात्रै बढेका छन् भने २१५ वटा घटेका र ६ वटा अघिल्लो मूल्यमै कायम छन् । बढेकामध्ये सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा शिखर पावर डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्टको क्रमशः १४.९९ र १४.८२ प्रतिशत वृद्धि भएको छ ।
यस दिन डोल्टी पावरको ८.७१ प्रतिशत, सोलु हाइड्रो ५.७७ प्रतिशतले घटेका छन्। बाँकी सेयरहरु अधिकतम ४.८५ प्रतिशतसम्म घटेका छन्। होटल र पर्यटन १.१६ प्रतिशतले बढे पनि बाँकी समूहहरु राताम्य रहेको नेप्सेले जनाएको छ।

बिजनेस पाटी














