शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन : पाकिस्तानी अधिकारी

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ८
|
408 views

ललितपुर - शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पाकिस्तानले इस्लामावादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।’

तरारले भन्नुभएको छ, ‘पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ ।’ उहाँले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।’

 पात्रो/राशिफल  रेडियो YouTube