इरानको शान्ति प्रस्तावप्रति ट्रम्प असन्तुष्ट, आणविक मुद्दा प्राथमिकतामा माग

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
357 views

ललितपुर - अमेरिकी राष्ट्रपति Donald Trump इरानको पछिल्लो शान्ति प्रस्तावप्रति असन्तुष्ट रहेको अमेरिकी मिडियाले जनाएको छ ।

रिपोर्टअनुसार प्रस्तावमा होर्मुज जलडमरूमध्य खोल्ने र इरानका बन्दरगाहमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्ने विषयलाई प्राथमिकता दिइएको भए पनि आणविक कार्यक्रमको विषय समावेश नगरिएको भन्दै White Houseका अधिकारीहरूले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा आफ्ना शीर्ष अधिकारीहरूसँग उक्त प्रस्तावबारे छलफल गरेका थिए । बैठकमा सहभागीहरूलाई उद्धृत गर्दै CNNले ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको जनाएको छ ।

त्यस्तै The New York Timesले प्रस्ताव जस्ताको तस्तै स्वीकार गर्दा इरानले आणविक हतियार राख्न नहुने भन्ने ट्रम्पको अडान कमजोर हुने उल्लेख गरेको छ ।

Marco Rubioले Fox Newsसँगको अन्तर्वार्तामा इरानको प्रस्ताव केही सकारात्मक भए पनि तेहरानलाई आणविक हतियार विकासबाट रोक्नु प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् ।

यसअघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता निर्धारित समयमै हुने बताउँदै युद्धविराम वा वार्ताका लागि आफूले कुनै दबाब नरहेको स्पष्ट पार्दै आएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube