रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
306 views

ललितपुर - बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ ।

    युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाउनु भएको छ ।

      एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उहाँले पुष्टि गर्नु भएको छ ।

      सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए देखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलहरूमा नियमित रूपमा बमबारी गरिरहेको जनाइएको छ ।

      मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube