सरकारद्वारा दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
357 views

ललितपुर - सरकारले दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषद्को हिजोको बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

यसअघि यही १७ गतेदेखि आह्वान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै सरकारले स्थगन गरेको थियो । सरकारको सिफारिस पत्र पुगेपछि शीतल निवासमा कानुनी परामर्श भइरहेको स्रोतले जनाएको छ ।

      संसद अधिवेशन स्थगन गरेर अध्यादेश मार्फत निर्णय गर्न खोजिएको भन्दै सरकारको कदमको चौतर्फी आलोचना भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube