संविधान संशोधन बहसपत्र कार्यदलले सरोकारवालासँग छलफल तीव्र बनायो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
204 views

ललितपुर - सरकारले संविधान संशोधनसम्बन्धी औपचारिक गृहकार्यलाई अघि बढाउँदै “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” मार्फत सरोकारवालासँगको छलफल तीव्र बनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अन्य अधिवक्ताहरूसँग विशेष छलफल आयोजना गरेको छ ।

      कार्यदलले यसअघि हिजो संविधानविद्हरूसँग पनि प्रारम्भिक छलफल गरेको थियो । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन भएको यो कार्यदलले वैशाख १० गतेको निर्णयपछि परामर्श प्रक्रिया अघि बढाएको हो ।

      छलफलबाट संकलित सुझावका आधारमा संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरिएको कार्यदलले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube