त्रिविका शीर्ष पदाधिकारीद्वारा सामूहिक राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १७
|
204 views

ललितपुर - त्रिभुवन विश्वविद्यालय का उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट सामूहिक राजीनामा दिएका छन् । राजनीतिक नियुक्ति लिएका उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले बिहीबार (वैशाख १७) राजीनामा दिएका हुन् ।

शिक्षाध्यक्ष केसीका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेपछि राजीनामा दिने निर्णय गरिएको हो । हामीले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसकेका छौँ उनले जानकारी दिए ।

      राजीनामा दिनुअघि बिहीबार बिहान पदाधिकारीहरूबीच छलफल भएको थियो । नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले मार्गप्रशस्त गरिएको उनीहरूको भनाइ छ ।

      यसैबीच रजिस्ट्रार रिजाल यसअघि दोहोरो नागरिकतासम्बन्धी विवादमा समेत मुछिएका थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube