|
|
२०८३ बैशाख १७
408 views

ललितपुर - रोल्पा जिल्लामा तीर्थयात्री बोकेको एक जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । वैशाख पूर्णिमाको अवसरमा जलजला क्षेत्रमा लाग्ने जात्रामा पूजा गर्न रुकुम पूर्व बाट गएका तीर्थयात्रीहरू सवार जीप बिहीबार दिउँसो दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार थबाङ गाउँपालिका–१ जलजला स्थित सडकखण्डबाट जीप करिब ८०० मिटर तल भीरमा खसेको थियो । दुर्घटनामा घाइते भएका १६ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनापछि उद्धार कार्य जारी रहेको छ । जीपमा कति जना सवार थिए भन्नेबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी
















