राष्ट्रपतिद्वारा एक मात्रै अध्यादेश जारी, बाँकी रोकिए

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १७
|
2.2k views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये एक मात्रै अध्यादेश जारी गरेका छन् ।

जारी गरिएको अध्यादेश सहकारी पहिलो संशोधन अध्यादेश हो । बाँकी पाँच अध्यादेश भने तत्कालका लागि जारी नगरी रोकिएको स्रोतले जनाएको छ ।

      सरकारले एकैपटक ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । तर राष्ट्रपतिले सबै अध्यादेश स्वीकृत नगरी छनोट गरेर एउटा मात्रै जारी गरेपछि राजनीतिक रूपमा यसको अर्थ र सन्देशबारे विभिन्न व्याख्या हुन थालेका छन् ।

      विशेषगरी संसद् स्थगित भएको अवस्थामा अध्यादेशमार्फत कानुन ल्याउने सरकारको निर्णयमाथि आलोचना भइरहेका बेला राष्ट्रपतिले सीमित अध्यादेश मात्र जारी गर्नुलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube