भरूवा बन्दुकसहित एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २०
|
102 views

ललितपुर - जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खार्पुनाथ–४ का ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद

      जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लाको ऐरावती गाउँपालिका–६ धाइरेचौरस्थित टुनिचौर सामुदायिक वनबाट भरूवा बन्दुक एक थान बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

      त्यस्तै, रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ माथिल्लो हेप्लास्थित चिसापानी खोला छेउबाट भरूवा बन्दुक एक थान प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रूमालवाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube