दीपक भट्टलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २१
|
255 views

ललितपुर - थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सोमबार (वैशाख २१) सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सुनुवाइपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीलाई उक्त आदेश दिएको हो ।

भट्टलाई हाल सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको छ । उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरणको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

      अदालतले पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

      भट्टलाई गत चैत १९ गते काठमाडौंको नक्सालबाट ‘अकुत’ सम्पत्ति आर्जनको आरोपमा पक्राउ गरिएको थियो । त्यसपछि जिल्ला अदालतको अनुमति लिएर उनी सीआईबी हिरासतमा राखिएका छन् ।

      यसैबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्तिमाथि थप अनुसन्धान गरिरहेको छ भने राहदानी समेत कालोसूचीमा राखिएको जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube