श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कको प्रधानमन्त्री लाई खुला पत्र

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २२
|
102 views

ललितपुर - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गरेका छन् ।

उनले पत्रमार्फत विभिन्न राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका छन् । भारत र चीन मिलेर मानसरोवर जाने मार्ग नेपालकै भूमि हुँदै सञ्चालन हुँदा सरकार किन मौन रहेको भन्ने प्रश्न उनले उठाएका छन् ।

      राईले सीमा सुरक्षाको विषय उठाउँदै सेनालाई सक्रिय रूपमा किन परिचालन नगरेको भनी जिज्ञासा व्यक्त गरेका छन् । साथै, सुकुम्वासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै समस्या समाधान गर्न नसके प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरेका छन् ।

      खुला पत्रमार्फत उनले सरकारका प्राथमिकता र निर्णयमाथि प्रश्न उठाउँदै जनताका सरोकारका विषयमा जवाफदेहिता आवश्यक रहेको उल्लेख गरेका छन् ।

      खुला पत्र

       पात्रो/राशिफल  रेडियो YouTube