|
|
२०८३ बैशाख २२
102 views

ललितपुर - राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् ।
सरकारद्वारा जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट नियुक्त राखेपका पदाधिकारीहरू वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वतः पदमुक्त भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालय की प्रवक्ता मनिता श्रेष्ठ ले अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम उक्त निर्णय कार्यान्वयनमा आएको जानकारी दिएकी छन् ।
अध्यादेश लागू भएसँगै मन्त्रिपरिषद्बाट नियुक्त सबै सम्बन्धित पदाधिकारीहरूको पद स्वतः समाप्त भएको मन्त्रालयले जनाएको छ । पदमुक्त हुने पदाधिकारीहरूको विस्तृत नामावली मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिजनेस पाटी









