
ललितपुर - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन बागमती प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गर्दै भाषा दिवस मनाइरहेको अवसरमा आज जारी शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले बहुभाषिक नीतिलाई व्यवहारमा उतार्ने काम भइरहेको उल्लेख गर्नुभएको हो ।
उहाँले सबै भाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु साझा जिम्मेवारी भएको उल्लेख गर्दै मातृभाषाको सम्मानले सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले वैशाख २४ गतेलाई भाषा दिवसका रूपमा मनाउँदै आएको छ। सोही ऐन कार्यान्वयन गर्दै प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ ।

बिजनेस पाटी















